हेटौंडा जेसीजमा पराजुली पदस्थापित

हेटौंडा, हेटौंडा जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा सन्तोष पराजुली पदस्थापित हुँदा कार्य समितिलाई पूर्णता दिएका छन् । शुक्रबार पराजुलीले मनोनीत गरिने पदाधिकारी चयन गर्दै कार्यसमितिलाई पूर्णता दिएका हुन् । पराजुलीले गत पुस १२ गते अध्यक्ष पदमा निर्वाचित भएका थिए ।

ADVERTISEMENT

उनलार्ई २०२५ का अध्यक्ष पंकज दास बानियाले पद हस्तान्तरण गरेका हुन् । पदस्थापनपछि अध्यक्ष पराजुलीले महासचिवमा किरण आले, सचिवमा विवेक फुयाँल, कोषाध्यक्षमा विश्वप्रसाद गौतम र कानुनी सल्लाहकारमा प्रविण गुप्तालाई नियुक्त गरेका छन् । जेसीजको कार्यकारिणी उपाध्यक्षमा विपिन ताम्राकार र सञ्जयकुमार न्यौपाने चयन भएका थिए । उपाध्यक्षमा अशोककुमार सिंह, विनोद वाग्ले, विवेक बानिया र श्रृजनराज बज्रचार्य रहेका छन् ।

शुक्रबार भएको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङको प्रमुख आतिथ्यतामा ४८ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भएको हो । कार्यक्रममा नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष राजेश मोहन प्रधान, उपाध्यक्षद्वय खगेन्द्र भण्डारी र दिपेश बराइली, हेटौंडा शाखाका पूर्वअध्यक्ष बासु सुवेदी, हेटौंडा उपमहानगरपालिका वडा नं। १ का वडा अध्यक्ष सविन न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *