हेटौंडाको जामे मस्जिदमा ईदको शुभकामना प्रदान

हेटौंडा, बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एका लाल श्रेष्ठले इस्लाम समुदायमा मनाइँदै गरिएको ईद(उल फित्र पर्वका अवसरमा हेटौंडाको जामे मस्जिद पुगेर इस्लाम समुदायलाई शुभकामना दिएका छन् ।

ADVERTISEMENT

मन्त्री श्रेष्ठले इस्लाम धर्मका अनुयायीहरुमा सुख, शान्ति एवम् सुवास्थ्यका लागि शुभकामना व्यक्त गरे । नेपाल मुस्लिम इत्तेहाद संगठनको आयोजनामा भएको शुभकामना आदनप्रदान कार्यक्रममा मन्त्री श्रेष्ठले हाम्रो देश बहुजातीय, बहुभाषिक र बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त रहेको भन्दै भौगोलिक विविधता अनुसार कला, संस्कृति र परम्पराहरु पनि बहुआयामिक भएको बताए ।

नेपालमा हिन्दु, बौद्ध, इस्लाम तथा इसाई धर्मावलम्बीहरुबीच उच्चस्तरिय सहिष्णुता कायम रहेकोले हाम्रो समाज उत्कृष्ट भएको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya