सहकारी दिवसको अवसरमा ३४ जनाले रक्तदान गरे

हेटौंडा, ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ को अवसरमा बुधबार हेटौंडामा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०८२ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

ADVERTISEMENT

रक्तदान कार्यक्रममा ९ महिला र  २५ जना पुरुषले रक्तदान गरेका हुन् । ६९ औं राष्ट्रिय सहकारी दिवस-२०८२ मूल समारोह समित संयोजक नारायण प्रसाद देबकोटाको अध्यक्षता तथा बागमती प्रदेश सहकारी तथा गरिबीनिवारण मन्त्रालय हेटौंडाका महाशाखा प्रमुख उमेश कुमार दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

रक्तदान कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, कृषि सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा भएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सहकारी संघका सञ्चालक रामहरि न्यौपाने, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कंडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडाका प्रमुख समीर श्रेष्ठ, नेप्स्कुन फिल्ड कार्यालय हेटौंडाको प्रमुख ज्योति महत लगायतको आतिथ्यता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्रमुख टंक दाहाल र प्राविधिकहरुले प्रावि धिक सहयोग गरेका थिए ।

यो बर्ष “उद्यमशिलता र पारदर्शिता  : सहकारीको प्राथमिकता” भन्ने नाराका सहकारी दिवस मनाईंदै छ ।

सहकारी दिवसको अवसरमा चैत्र १९ गते सहकारी संरक्षण, समृद्धनमा अभियान र नियमकीय भूमिका बिषयक अन्तरसंवाद कार्यक्रमको गरिने आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya