कृष्णआदर्शलाई नगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधी

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ को आयोजनामा सम्पन्न हेटौँडा उपमहानगरस्तरीय छात्र भलिबल प्रतियोगिताको उपाधि हेटौँडा–९ स्थित कृष्णआदर्श इंग्लिस बोर्डिङ स्कूलले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा कृष्णआदर्शले हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि हात पारेको हो।

फाइनल खेलको पहिलो सेट २६–२४ ले ज्योति माध्यमिक विद्यालयले जिते पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै कृष्णआदर्शले दोस्रो र तेस्रो सेट आफ्नो पक्षमा पार्दै प्रतियोगिता जित्न सफल भयो। कृष्णआदर्शले दोस्रो सेट २५–२२ र निर्णायक तेस्रो सेट १५–६ ले जितेको थियो। सेमिफाइनलमा कृष्णआदर्शले ज्ञानोदय बालबाटिका आवासीय माध्यमिक विद्यालयलाई पराजित गरेको थियो भने ज्योति माध्यमिक विद्यालयले जीएस निकेतनलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक राजाराम पोखरेलको संयोजकत्वमा प्रतियोगिता भएको थियो ।

शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को समन्वय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय हेटौँडा–४ को व्यवस्थापनमा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपमहानगरभित्रका १२ वटा विद्यालयको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *