उपहानगरले दियो १२ जनालाई सहयोग

हेटौंडा– लामो समय देखि परम्परागत व्यवसायमा रहेका १२ परिवारलाई हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सामग्री हस्तान्तरण गरीएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा दलितबर्ग उत्थान नगर समन्वय समितिको आयोजनामा परम्परागत पेशा आधुनिकीकरण तथा आयआर्जन सामग्री बितरण गरीएको हो । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले उत्थान समितिले छनौंट गरेका बिपन्न परिवारलाई सामग्री हस्तान्तरण गरेकी हुन् ।

उनिहरुलाई आधुनिक सिलाई तथा बेल्डिङ मेसिन सहित बाख्रा पालन र खुद्रा पसल सञ्चालनका लागि उपमहानगरले सहयोग गरेको हो । समान हस्तन्तरण गर्दै नगर प्रमुख लामाले दिगो ढंगबाट काम गरी आर्य आर्जनमा जोडिन सुझाब दिइन् ।

नगर समन्वय समितिका अध्यक्ष रामबहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सुनिता परियार, हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य इश्वरी रसाईली, उपमहानगरका सामाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहभागिलाई समितिका कोषाध्यक्ष मञ्जु रोक्काले स्वागत गरेकी थिइन् । सामान हस्तान्तरणका लागि उपमहानगरले ३ लाख रुपियाँ सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya