हेटौँडामा याडिया इलेक्ट्रिक स्कुटरको नयाँ शोरुम सञ्चालनमा

हेटौँडा, हेटौँडा–१० टीसीएन रोडमा विश्वप्रसिद्ध इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधन ब्रान्ड याडियाले नयाँ शोरुम विस्तार गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच इभो भोल्टस् सिटी नामक उक्त ३ एस (विक्री, मर्मत सेवा र स्पेयर पाट्र्स) शोरुमको उद्घाटन हेटौँडा–१० का वडाध्यक्ष फूर्वादोर्जे लामा र मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठले संयुक्त रूपमा गरेका हुन् ।

ADVERTISEMENT

शोरुमका सञ्चालक राजेश शाक्यका अनुसार शोरुममा याडियाका ४ वटा मोडलका इलेक्ट्रिक दुईपाङ्ग्रे सवारीसाधन उपलब्ध छन् । ‘यहाँ ९५ हजार रुपैयाँ मूल्यको इलेक्ट्रिक साइकलदेखि २ लाख ८५ हजार रुपैयाँसम्मका स्कुटर बिक्रीका लागि राखिएका छन्,’ उनले भने ।

चाडपर्वलाई लक्षित गर्दै छठ पर्वसम्म २० देखि ४० हजार रुपैयाँसम्म छुट प्रदान गरिएको पनि शाक्यले जानकारी दिए । उनका अनुसार याडियाका इलेक्ट्रिक स्कुटरहरूले एकपटक चार्जमा ११० देखि १२० किलोमिटरसम्म माइलेज दिने क्षमता रहेको छ । कार्यक्रमका क्रममा शोरुमबाट इलेक्ट्रिक साइकल खरिद गर्ने पहिलो ग्राहक सुरज बहादुर पण्डितलाई साँचो हस्तान्तरण गरिएको थियो ।

शाक्यले हेटौँडावासीलाई याडियाका नवीनतम इलेक्ट्रिक सवारीसाधनको अनुभव लिन शोरुममा भ्रमण गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya