हेटौँडा, सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा आयोजित नगरस्तरीय अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय प्रथम भएको छ।
मंगलबार सम्पन्न प्रतियोगितामा ब्रह्मदिक् एकेडेमीले द्वितीय स्थान हासिल गर्दा हेटौँडा–५ स्थित ज्ञानदीप शिक्षा ९जिएस० निकेतन माध्यमिक विद्यालय तृतीय र हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालय सान्त्वना भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यालयलाई क्रमशः नगद ५० हजार, २५ हजार, १५ हजार र ५ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ। पुरस्कार वितरण बिहीबार आयोजना हुने स्वर्ण महोत्सवको समापन समारोहमा गरिनेछ।
सिद्धार्थ माध्यमिक विद्यालयको बाल समूहद्वारा आयोजित प्रतियोगितामा संस्थागत तथा सामुदायिक गरी जम्मा ३६ वटा विद्यालयको सहभागिता रहेको थियो। नगद पुरस्कार हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ को वडा कार्यालयको सहयोगमा प्रदान गरिने जनाइएको छ।






