भुटनदेवी मावि बन्यो हेटौँडा राष्ट्रपति रनिङशिल्डको च्याम्पियन

हेटौँडा, भुटनदेवी माध्यमिक विद्यालयले हेटौँडा उपमहानगरपालिकास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि जितेको छ। आइतबार सम्पन्न प्रतियोगितामा भुटनदेवी माविले ११ स्वर्ण, ८ रजत र ६ कास्य पदकसहित समग्र च्याम्पियन बन्दै उपाधि हात पारेको हो।

ADVERTISEMENT

प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय ६ स्वर्ण, ७ रजत र ६ कास्य पदकसहित द्वितीय भयो भने तुलसी मेहर मेमोरियल माध्यमिक विद्यालय ६ स्वर्ण पदक जित्दै तृतीय स्थानमा रह्यो।

शुक्रबार आयोजित उद्घाटन समारोहअन्तर्गत भएको मार्चपास प्रतियोगितामा बालउज्वल माध्यमिक विद्यालय प्रथम, सिद्धार्थ माध्यमिक विद्यालय द्वितीय तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय संयुक्त रूपमा तृतीय भएका छन्। मार्चपासमा उत्कृष्ट हुने विद्यालयहरूले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका प्रतियोगिता संयोजक राजाराम पोखरेलले जानकारी दिए।

ADVERTISEMENT

रनिङशिल्डअन्तर्गत उसु, कराते, तेक्वान्दो, भलिबल, कबड्डी र एथ्लेटिक्स विधामा प्रतिस्पर्धा भएको थियो। एथ्लेटिक्सतर्फ छात्रातर्फ श्रमिक माध्यमिक विद्यालयकी हसिना खातुन उत्कृष्ट खेलाडी घोषित भइन्। उनले ३ स्वर्ण, १ रजत र १ कास्य पदक जितिन्। छात्रतर्फ भुटनदेवी माविका आशिष यादव उत्कृष्ट खेलाडी घोषित भए। उनले ४ स्वर्ण पदक जित्दै उत्कृष्ट प्रदर्शन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *