एष्ट्रोनोभा फाउण्डेशनले ९ दिने कार्यशाला गर्ने

हेटौंडा, एष्ट्रोनोभा फाउण्डेसन नेपालले हेटौंडामा रोबटिक्स र अटोमेसन कार्यशाला गर्ने भएको छ । फाउण्डेशनले विद्यालय तहका विद्यार्थीहरुलाई लक्षित गरी ९ दिने निशुल्क प्रशिक्षार्थी प्रशिक्षण कार्यशाला आयोजना गर्न लागेको जनाएको छ । असार १८ गतेबाट सुरु हुने कार्यशाला २६ गतेसम्म सञ्चालन हुने फाउन्डेशनका अध्यक्ष किशन बास्तोलाले जानकारी दिए ।

ADVERTISEMENT

सो कार्यशाला साहित्य संगम मकवानपुरको सभाहल भैरवरोडमा प्रत्येक दिन दिउँसो ३ घण्टा सञ्चालन हुने उनले बताए । प्रत्येक विद्यालयमा पत्राचार गरी विज्ञान र प्रविधिको क्षेत्रमा रुची भएका ३ जना विद्यार्थी सिफारिस गरिदिन अनुरोध गर्ने र सिफारिस भएका ३ मध्ये १ जनालाई छनौट गरी कार्यशालामा सहभागी गराइने जनाइएको छ । यसरी छनौट गरेर यस पटक २० जना विद्यार्थीलाई प्रशिक्षण दिइने फाउन्डेशनका उपाध्यक्ष गहन खतिवडाले बताए । फाउन्डेशनले हेटौंडामा वैज्ञानिक एवम् प्रविधिमय वातावरण बनाउने उद्देश्यका साथ रोबोटिक्स, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी र एष्ट्रोनोमीमा केन्द्रित कार्यशाला गर्दै आएको छ ।

कार्यशालाबाट विद्यार्थीहरुमा वैज्ञानिक सोच, रचनात्मक एवम् सकारात्मक चिन्तन र सृजनशील तथा नेतृत्व विकासलगायत क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा राखिएको महासचिव चिरन्जिवी लामिछानेले बताए । फाउण्डेशनले यसअघि फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशल÷जनरल) को बारेमा चर्चा परिचर्चा गरेको थियो । त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, बेस्ट म्यानेजमेन्ट सिस्टम (स्मार्ट डस्टबिन) लगायतको विषयमा पनि सहभागी विद्यार्थीहरूलाई प्रशिक्षण दिइसकिएको महासचवि लामिछानेले बताए ।

ADVERTISEMENT

फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको कोषाध्यक्ष आयुष बस्नेतले बताए ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya