भुटनदेवी मावि अन्तर्राष्ट्रिय शैक्षिक गुणस्तरतर्फ अघि बढ्दै

हेटौँडा, भुटनदेवी माध्यमिक विद्यालय ले आफ्नो भौतिक तथा शैक्षिक स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उकास्ने पहल गरेको छ। विद्यालयले ग्लोबल क्वालिटी काउन्सिल, नेपाल सँग सहकार्य गर्दै आईएसओ प्रमाणिकरण प्रक्रियामा प्रवेश गर्ने सम्झौता गरेको हो। आइतबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

ADVERTISEMENT

प्रधानाध्यापक घिमिरेका अनुसार, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ तथा अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरका मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ। एक वर्षभित्र अर्थात् आगामी २०८३ चैत्र मसान्तभित्र अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण गरिसक्ने लक्ष्य रहेको विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले बताउनु भयो ।

उहाँले भौतिक संरचनाको गुणस्तरीय व्यवस्थापन र शैक्षिक वातावरण अन्तरास्ट्रिय स्तरको मापदण्ड कायम गरिने प्रतिबद्वता समेत व्यक्त गर्नुभयो । विध्यालयको प्रारम्भीक बस्तुस्थितिको परिक्षण र आगामी ३ वर्षे शैक्षिक गुणस्तर ढाँचा तयार गरिएको ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदीप शर्माले जानकारी दिनुभयो । शर्माले सामुदायिक विध्यालयमा मकवानपुरको पहिलो अन्तरास्ट्रिय गुणस्तर प्रमाणिकरण भएको विध्यालय भुटनदेवी मावि हुने समेत बताउनु भयो ।

ADVERTISEMENT

विभिन्न चरणमा भएको छलफल र अन्तरक्रियामा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल विध्यालयका प्रअ सूर्यप्रसाद घिमिरे, ग्लोवल क्वालिटी काउन्सिल, नेपालका प्रतिनिधि सुदिप शर्मासहितको टोली, शिक्षक तथा अभिभावक संघ, नेपालका अध्यक्ष निकेशकृष्ण श्रेष्ठ, विध्यालय अनुगमन समितिका संयोजक ईन्द्रप्रसाद नेपाल, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, महासचिव शिवहरी लगायत विभिन्न समितिका सदस्यहरूबीचको छलफलपछि अन्तरास्ट्रिय गुणस्तर प्रमाणीकरणमा जाने सम्झौता गरिएको विध्यालय सह(प्रअ तथा विध्यालय आईएसओ वेदराज कोईरालाले स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *