सहकारीको साधारणसभामा पौडेलद्वारा छात्रवत्ति प्रदान

हेटौंडा, जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिमाल पौडेलद्वारा स्वर्गीय पिता जगनाथ पौडेलको स्मृतिमा स्थापित छात्रवृति बंशगोपाल मावि.चौघडामा कक्षा ११ मा अध्ययनरत शान्तिकुमारी शाह र पवित्रा अधिकारीलाई प्रदान गरिएको छ । जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औँ साधारणसभाका दिन शनिबार छात्तवृत्ति प्रदान गरेको हो ।

ADVERTISEMENT

यसैगरि समाजसेवी तथा सञ्चारकर्मी भीमसेन पौडेलले आफनी स्व.धर्मपत्नी दुर्गादेवी पौडेलको स्मृतिमा स्थापित छात्रवृति मामाघर नेपालमा आश्रय लिई आनन्द भैरब आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत श्रवण पहाडी, बंशगोपाल मावि, चौघडामा कक्षा ९ मा अध्ययनरत आश्मा राजभण्डारी र भानु मावि, मक्रान्चुलीमा कक्षा १० मा अध्ययनरत पूजा दाहाललाई प्रदान गरिएको छ । छात्रवृति रकम जनही ५ हजार रहेको छ । उक्त रकम निजहरुका आमा कृष्णकुमारी पौडेलले वितरण गर्नु भएको थियो ।

साधारणसभामा संस्थापक शेयर सदस्य खिल प्रसाद गौतम, रघुप्रसाद आचार्य, रमेश प्रसाद लामिछाने, प्रल्हाद शर्मा आचार्य, ज्येष्ठ शेयर सदस्य ईन्द्र सिह थिङ, राममाया डिमडुङ, मासिक बचतकर्ता सानोकान्छा थिङ, बबिता थापालाई पुरस्कृत गरिएको थियो । यसैगरि उद्यम ब्यवसायी तर्फ सुशिला श्रेष्ठ, मधुवन श्रेष्ठ, असली कारोवारीमा हेमाकुमारी तिमल्सिना, सोमप्रसाद रुपाखेती र पत्रकार श्रीराम दाहाल पुरस्कृत भएका छन ।

संस्थाले साधारणसभामा बाल बचतकर्ता, धेरै सदस्य बनाउने र एकैदिन सदस्यता लिने जोडीलाई समेत पुरस्कृत गरेको थियो । साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, बागमती प्रदेश दुग्ध विकास बोर्डका सञ्चालक सदस्य एवम संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक सदस्य शंकर कालाखेती, हेटौडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, सुनगाभा बहुउद्धेयीय सहकारीका अध्यक्ष रामहरि न्यौपाने, संस्थाका सल्लाहकार बद्री बहादुर पाठक, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल लगायतको उपस्थिति रहेको थियो ।

२ हजार ८ सय १३ जना शेयर सदस्य रहेको यस सहकारीको शेयर पूँजी २ करोड ५३ लाख निक्षेप २१ करोड १५ लाख र ऋण लगानी २० करोड ५ लाख रहेको छ । बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *