हेटौंडामा तीन दिने ‘एक्सपेरियन्स टोयोटा’ मेला आयोजना हुने

हेटौँडा, नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटिएस) प्रा.लि.ले हेटौंडामा तीन दिने विशेष प्रदर्शनी तथा टेस्ट ड्राइभ कार्यक्रम आयोजना गर्ने भएको छ। यही चैत्र १२, १३ र १४ गते हेटौंडाको मेन रोडस्थित कफी बारमा ‘Experience Toyota’ नामक कार्यक्रम सञ्चालन हुन लागेको हो। हेटौंडा र आसपासका क्षेत्रका ग्राहकहरूलाई लक्षित गरी आयोजना गरिएको यस कार्यक्रममा टोयोटाका विभिन्न मोडेलका गाडीहरू प्रत्यक्ष अवलोकन गर्न सकिनेछ।

ADVERTISEMENT

कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरूलाई टोयोटाका गाडीहरूको वास्तविक अनुभव दिलाउनु रहेको छ, जसका लागि टेस्ट ड्राइभको विशेष व्यवस्था मिलाइएको छ। कम्पनीका अनुसार गाडीहरूको टेस्ट ड्राइभ गर्ने सहभागीहरूले आकर्षक उपहार समेत प्राप्त गर्नेछन्। यसका साथै मेला अवधिभर नयाँ गाडी खरिद गर्ने वा पुरानो गाडी साट्न चाहनेहरूका लागि विशेष सुविधाहरू घोषणा गरिएको छ। जसमा एक्सचेन्ज बोनस, अतिरिक्त एसेसरिज, नि:शुल्क बीमा, सरल बैंकिङ सुविधा र रोड ट्याक्स जस्ता अफरहरू समावेश छन्।

युनाइटेड ट्रेडर्स सिन्डिकेटले हेटौंडाका सम्पूर्ण अटो उत्साही, सम्भावित खरिदकर्ता र सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई टोयोटाका सेवा तथा सुविधाहरूबारे थप जानकारी लिन र टेस्ट ड्राइभ मार्फत उत्कृष्ट प्रविधिको अनुभव गर्न आमन्त्रण गरेको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *