हेटौंडा सिटी कलेजमा भर्ना भएका  विद्यार्थीका लागि अभिमुखीकरण सम्पन्न

हेटौंडा, हेटौंडा-५ मा रहेकाे हेटौंडा सिटी कलेजमा शैक्षिक सत्र २०८३ मा कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरूका लागि आइतबार अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

ADVERTISEMENT

कार्यक्रममा कक्षा ११ मा भर्ना भएका करिब १५० जना विद्यार्थीको सहभागिता रहेको थियो। क्याम्पसका प्रिन्सिपल  श्री बहादुर कार्कीकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख  बद्री पाठकले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा, अनुशासन, समयको सदुपयोग तथा जीवनमा सफल हुन निरन्तर मेहनत, लगनशीलता र सकारात्मक सोच आवश्यक रहेको बताए। उनले विद्यालय जीवनबाटै असल चरित्र र नेतृत्व क्षमता विकास गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा आमा घरका संरक्षक विजय राज सिग्देलले विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व, मानवीय सेवा र नैतिक शिक्षाको महत्वबारे प्रकाश पार्दै अध्ययनसँगै असल नागरिक बन्न प्रेरित गरे।

कार्यक्रममा विद्यार्थीहरूलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली, परीक्षा व्यवस्था, अनुशासन, सहपाठ्य तथा अतिरिक्त क्रियाकलापका विषयमा जानकारी गराएका थिए। सहभागी विद्यार्थीहरूले कार्यक्रम उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।

कलेजले नवआगन्तुक विद्यार्थीहरूलाई कलेज जीवनमा सहज रूपमा घुलमिल हुन तथा गुणस्तरीय शिक्षातर्फ अभिप्रेरित गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya