त्रिभुवन माविद्वारा टोल परिचालन समिति गठन

हेटौंडा, हेटौंडा-११ स्थित त्रिभुवन माध्यमिक विद्यालयद्वारा टोल परिचालन समिति गठन गरिएको छ । वडाको नवलपुरमा अवस्थित विद्यालयले गोल्फिनटारमा अभिभावक भेला आयोजना गरी उक्त समिति गठन गरेको हो ।

ADVERTISEMENT

समितिको अध्यक्षमा पूर्णकुमारी बस्नेत चयन भएकी छन् भने उपाध्यक्षमा कल्पना सापकोटा चयन भएकी छन् । सदस्यहरूमा बबिता बनियाँ, सीता बनियाँ, विशाल तामाङ, बुद्धिमान पाख्रिन, कुमारी खत्री, बाटुली थापा, ममता पटेल र भुवादेवी सापकोटा रहेका छन् । त्यसैगरी, सल्लाहकारमा रामेश्वर पोखरेल र देवीमाया पोखरेल रहेका छन् ।

समिति गठन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार बर्तौला, सहायक प्रधानाध्यापकद्वय शर्मिला ढकाल र बैकुण्ठ नेपाल, विद्यालय व्यवस्थापन समिति सदस्य गोविन्दप्रसाद न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya