हेटौंडाको गौरिटारमा पौडी पोखरी र क्रिकेट मैदान शिलान्यास

हेटौंडा, हेटौंडाको गौरिटार रंगशालामा धमाधम खेल पूर्वाधार निर्माण हुन थालेका छन्। लामो समय देखि अलपत्र जस्तै बनेको गौरिटार प्रदेश सरकारले आफ्नो गौरवको योजनामा राखे पछि पूर्वाधारहरु निर्माण हुन थालेका हुन्।

ADVERTISEMENT

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले गौरिटारमा अन्तर्राष्ट्रिय स्तरको पौडी पोखरी र क्रिकेट मैदानको शिलान्यास गरेका छन्। २०८२ असार मसान्तभित्र सम्पन्न गर्ने गरि दुवै संरचनाको निमार्ण सुरु भएको प्रदेश खेलकुदका सदस्यसचिव सूर्यलाल भण्डारीले जानकारी दिए।

८ करोड ६३ लाखको लागतमा निर्माण हुने पोखरीमा भिआइपी प्यारापिटसहित पौखरी निर्माण हुने शिलान्यासका अवसरमा जानकारी दिइएको छ।

ADVERTISEMENT

यस्तै ड्रेनसहितको क्रिकेट मैदान पनि निर्माण सुरु भएको छ। ११ करोड ७४ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानमा स्केरवोर्ड, ५ वटा पीचसहित प्यारापिट निर्माण हुने बताइएको छ।
निर्माणको शिलान्यास गर्दै प्रदेशका मुख्य मन्त्री जमरकट्टेलले निर्धारित समयमै कार्य सम्पन्न गर्न सम्वन्धित पक्षलाई निर्देशन दिए।गौरिटारलाईलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर बजेट उनले बताए ।
प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले निर्माण कार्यलाई समयमै सम्पन्न गर्न अवश्यक सहयोगका लागि स्थानियसँग अनुरोध ‍गरिन्।
केन्द्रिय खेलकुद प्रतिष्ठानका रुपमा विकास गर्ने भन्दै २०६६ सालमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेको गौरिटारमा निर्माणको गति निकै सुस्त थियो। २२ विगाह १८ कठ्ठा १९ धुर क्षेत्रफलमा फैलिएको रंशलालामा हाल प्रदेश सरकारले ट्रयाक सहितको फुटबल मैदान र प्यारापिटको काम अन्तिम चरणमा पुर्‍याएको प्रदेश खेलकुद सदस्य सचिव भण्डारीले जानकारी दिए। उनकाअनुसार रंगशालाभित्र २१ वटा संरचना बन्नेछन्।

राष्ट्रिय खेलकुद परिषदले दुईवटा कभर्डहल र खेलाडी छात्राबास निर्माण गरेको थियो। त्यसपछि उक्त योजना परिषद्को बजेटमा नपरे पछि बागमती प्रदेशले निर्माण कार्य अघि बढाएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *