नवोदयमा शिक्षक तथा कर्मचारीको पुस्तक समिक्षा

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आबद्ध शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सोमबार पुस्तक समिक्षा कार्यक्रम भएको छ । पठन संस्कृतिको विकास गराउने उद्देश्यले नवोदय पुस्तकालयको आयोजनामा पुस्तक समिक्षा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

पुस्तक समिक्षा कार्यक्रममा शिक्षक तथा कर्मचारी गरी १० जनाले पुस्तक समिक्षा गर्नु भएको पुस्तकालयका शिक्षिका अन्जिता मिश्रले जानकारी दिनु भयो । शिक्षक तथा कर्मचारीले आफूले पढ्नु भएको पुस्तकको छोटो समिक्षा गरी अरु शिक्षक तथा कर्मचारीलाई पुस्तक पढ्न थप उत्प्रेरणा गर्नु भएको थियो ।

नवोदय पुस्तकालयको आयोजनामा वार्षिक रुपमा तीनवटा पुस्तक समिक्षा आयोजना गरिनेछ । जसअनुरुप आज पुस्तक समिक्षा कार्यक्रम आयोजना गरिएको मिश्रले बताउनु भयो । पुस्तक समिक्षा कार्यक्रममा सहभागिता जनाउनु भएकालाई प्रमाणपत्र र पुस्तक प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *