सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ विमोचन एवम् विमर्श कार्यक्रम सम्पन्न

हेटौँडा, नवसर्जक साहित्य चौतारी नेपालको ४२ ओैँ मासिक शृङ्खलाको अवसरमा चौतारीकी बागमती प्रदेश सदस्य सुमि थिङको मुक्तक सङ्ग्रह ‘जीवनको गोरेटो’ कृतिको विमोचन एवम् विमर्श कार्यक्रम आज हेटौँडामा भएको छ ।

ADVERTISEMENT

अमर मावि हेटौँडामा कक्षा ९ मा अध्ययनरत १४ वर्षिया सुमिको पहिलो कृतिको रूपमा मुक्तक सङ्ग्रह प्रकाशनमा ल्याइएको हो । चौतारीकी केन्द्रीय महासचिव स्वस्तिका दाहालको अध्यक्षता एवम् हेटौँडा उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष एवम् उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल तथा देवराज खरेलको विशिष्ट आतिथ्य रहेको थियो ।

कृतिमाथि साहित्यकार सानु खनाल तथा विविशा रुम्बाले समीक्षात्मक टिप्पणी गरेका थिए भने नवसर्जकहरू रोज कार्की, नम्रता पराजुलीले कृतिभित्रका प्रतिनिधि रचना वाचन गरेका थिए । नवसर्जक साहित्य चौतारी नेपालका सल्लाहकार एवम् अमर माविका सहायक प्रधानाध्यापक डि.बी. बर्तौलाको सम्पादनमा विमोचित मुक्तक सङ्ग्रह नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समितिले प्रकाशन गरेको हो ।

ADVERTISEMENT

कार्यक्रममा अग्रज साहित्यकारहरू डा. निमेष निखिल, देवराज खरेल, अमर माविकी प्रधानाध्यापक मालती उप्रेती, चौतारीका संरक्षक एवम् परिकल्पनाकार दीपक गौतम, सल्लाहकार डि.बी. बर्तौला, मुक्तक मञ्च मकवानपुरका अध्यक्ष सागर तिमल्सिनाले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

चौतारीकी उपमहासचिव रचना भण्डारीको सहजीकरण तथा कोषाध्यक्ष प्रविना प्रयासीको स्वागत मन्तव्यका साथ सम्पन्न कार्यक्रममा कृतिकारकी आमा सुमित्रा थिङ, उनका आफन्तजनलगायत हेटौँडा तथा आसपासका क्षेत्रबाट ६० भन्दा बढी साहित्यकार तथा साहित्यप्रेमीहरू उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

नवसर्जक चौतारीले देशभरका २५ वर्षमुनिका नवसर्जकको नेतृत्वमा पठन तथा लेखन संस्कृतिको विकास गर्दै आएको छ भने नवसर्जकका कृति प्रकाशन गर्दै आएको र आगामी दिनमा यसलाई निरन्तरता दिइने संस्थाकी महासचिव स्वस्तिका दाहालले जानकारी दिइन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya