हेर्टौँडा, साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आफ्नो १८ औँ स्थापना दिवसको अवसरमा स्रष्टा सम्मान तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
हेटौँडा ९ स्थित ओम टोल विकास संस्थाकोहलमा भएको सम्मान कार्यक्रममा मामाघर नेपालका संरक्षक अर्पण पराजुली, हेटौँडा ९ निवासी योग साधक चिरञ्जीवी पौडेल, कलाकार तथा साहित्यकार इन्द्रजित चौलागाईलाई सम्मान गरेको हो । साईराम साकोसका अध्यक्ष सचिता भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ९ नम्वर वडाध्यक्ष सुकराम केसीको प्रमुख आतिथ्य रहेको थियो ।
विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने शेयर सदस्यलाई सम्मान गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेको सहकारीका व्यवस्थापक राजकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।








