हेटौँडा, हेटौँडा स्कूल अफ म्यानेजमेन्टको आयोजनामा जारी बास्केटबल प्रतियोगिताको उपाधीको लागि होटल म्यानेजमेन्ट र कक्षा १२ वाणिज्य संकायको टीम र बिआईएम भिड्ने भएका छन् ।
आज भएको पहिलो सेमिफाइनल खेलमा होटल म्यानेजमेन्ट र कक्षा १२ वाणिज्य संकायको टिमले बिसिएको टिमलाई ५७–४३ ले पराजित गर्दै होटल म्यानेजमेन्ट फाइनल प्रवेश गरेको हो । आज भएको दोस्रो सेमिफाइनल खेलमा बिआईएमको टिमले विज्ञान र कक्षा ११ वाणिज्य संकायको टिमलाई ६१–४९ ले पराजित गर्दै बिआईएम फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको फाइनल खेल आइतबार हुने क्याम्पसले जनाएको छ । प्रतियोगिताका विजेताले ७ हजार रुपैयाँ नगदसहित शिल्ड प्राप्त गर्नेछ । यस्तै द्वितीय हुने टिमले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।







