राष्ट्रपति रनिङ शिल्ड छनौट : छात्र हाइजममा भुटनदेवी प्रथम

हेटौंडा,हेटौंडा उपमहानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको छात्रतर्फको हाइजम प्रतियोगितामा भुटनदेवी माविका अभिनन्दन चौधरी प्रथम भएका छन् ।

ADVERTISEMENT

२० जनाले सहभागिता जनाएको प्रतियोगितामा आधुनिक राष्ट्रिय माविका पुष्पराज रजक द्वितीय र जनप्रिय माध्यमिक विद्यालयको आकाश बर्तौला तृतीय हुन सफल भए ।

यसैगरी ४ सय मिटरको रिले दौड प्रतियोगितामा जनप्रिय माध्यमिक विद्यालय प्रथम, जनज्योति मावि द्वितीय र भुटनदेवी माध्यमिक विद्यालय तृतीय भएको छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको विभिन्न खेलहरु जारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *