उपमहानगरपालिकाको ७५ प्रतिशत बजेट मात्र खर्च

हेटौंडा, हेटौँडा उपमहानगरपालिकाले गत आर्थिक वर्ष २०७८र७९ मा विनियोजित रकमको ७५ प्रतिशत मात्र खर्च गरेको छ । उपमहानगरपालिकाको कुल रु दुई अर्ब ९१ करोड ९३ लाख बजेट रहेकामा रु दुई अर्ब २० करोड ५२ लाख खर्च भएको छ ।

ADVERTISEMENT

गत आर्थिक वर्षमा सो पालिकाको रु एक अर्ब ३० करोड १७ लाख बजेट रहेकामा रु एक अर्ब ३० करोड १७ लाख मात्र खर्च गरेको उपमहानगरपालिकाले जनाएको छ । त्यस्तै पूँजीगततर्फ रु एक अर्ब ६१ करोड १५ लाख बजेट रहेकामा रु एक अर्ब आठ करोड ३७ लाख खर्च भएको छ । हेटौंडा उपमहानगरपालिकाले आव २०७८र७९ मा आन्तरिकतर्फ रु २८ करोड ४२ लाख ८२ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न सिफारिस दस्तुरवापत रु दुई करोड ८८ लाख र नक्सापास दस्तुरवापत रु दुई करोड ३७ लाख र व्यवसाय करवापत रु एक करोड ७९ लाख ४४ हजार राजस्व सङ्कलन गरेको छ । साथै १९ वडाबाट रु पाँच करोड ३२ लाख राजस्व सङ्कलन तथा नदीजन्य पदार्थको बिक्रीबाट रु चार करोड ३० लाख राजस्व सङ्कलन गरेको छ ।

हालसम्म उपमहानगरपालिकाले आवको अन्त्यसम्ममा २५ ऐन, चार नियमावली, २९ कार्यविधि र १४ निर्देशिका तयार गरिसकेको जनाएको छ । समाज कल्याण शाखाअन्तर्गत ४५।५८ प्रतिशत वित्तीय प्रगति भएको छ । यसका लागि रु एक करोड २१ लाख बजेट विनियोजन भएकामा रु ५५ लाख ३८ हजारमात्र खर्च भएको छ । नगरप्रमुख मीनाकुमारी लामाले उपमहानगरपालिकाको कामलाई प्रभावकारी बनाइने र जनताको कामलाई सरल तथा सहज बनाउनेतर्फ सबैले जोड दिनुपर्ने बताए । (स्रोतः रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya