सिद्धार्थ शिशुसदन विद्यालयको शुभकामना कार्यक्रम

हेटौँडा, हेटौँडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक विद्यालयले तिहार विशेष शुभकामना आदानप्रदान तथा देउसी–भैलो प्रतियोगिता सम्पन्न गरेको छ। विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शुक्रबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

ADVERTISEMENT

कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता र हेटौँडा उपमहानगरपालिका–५ का वडाध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले देउसी–भैलोसहित विविध सांस्कृतिक प्रस्तुति दिएका थिए। साथै विद्यार्थीहरूले आकर्षक रंगोली पनि तयार गरेका थिए। प्रमुख अतिथि घिमिरेले विद्यार्थीहरूमा संस्कृति र परम्पराको ज्ञान विकासका लागि चाडपर्व लक्षित कार्यक्रमहरू महत्वपूर्ण हुने बताए। उनका अनुसार यस्ता कार्यक्रमले बालबालिकामा सृजनात्मकता र सहकार्यको भावना बढाउँछ।

कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष नवराज अर्याल, पूर्व विद्यार्थी समाजका अध्यक्ष प्रदीप कंडेल, लाल खबर डटकम का सम्पादक राजकुमार के।सी।, अभिभावक कृष्ण न्यौपानेलगायतको आतिथ्यता रहेको थियो।कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका २० भन्दा बढी विद्यार्थी समूहहरूले देउसी–भैलो प्रस्तुत गरेका थिए।

कक्षा नर्सरीदेखि १० कक्षासम्म अध्यापन हुने विद्यालयमा हाल ९८० जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक निर्मल तिमल्सिनाले जानकारी दिए। उनका अनुसार विद्यालयमा ६० जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya