मंसिर १ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने

हेटौंडा, जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर १ गतेबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । मंसिर ४ गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत यस कार्यालयमा कार्यरत कर्मचारीहरू समेत मतदान केन्द्रमा खटिने भएको हुँदा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बिहीबारदेखि बन्द गरिने भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा जारी सूचना

प्रशासनबाट प्रवाह हुने नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघरसंस्था, नाबालक परिचयपत्र, राष्ट्रिय परिचयपत्रलगायत सबै प्रकारको सेवा बिहीबारदेखि यही मंसिर ५ गतेसम्मका लागि स्थगित गरिने भएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कंडेलले जानकारी दिए । उनका अनुसार, यस बाहेकका शान्ति सुरक्षा, विपद्, मुद्दा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा भने नियमित रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya