न्यानो कपडा र खेलकुद सामग्री सहयोग

हेटौंडा/रोटर्याक्ट क्लब अफ हेटौंडाले न्यानो कपडा र खेलकुद सामग्री सहयोग गरेको छ । शुक्रबार हेटौंडा ६ गौरिटारमा रहेको श्री शान्ति बहिरा तथा सुस्त श्रवण आवासीय निम्न माध्यमिक बिद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई स्वीटर, फुटबल, क्रिकेट, लुडो, ब्याडमिन्टन लगायतका खेल सामग्री सहयोग गरिएको हो ।

ADVERTISEMENT

रोटरी क्लब अफ हेटौंडा र हेटौंडा हाइकर्ससँगको सहकार्यमा सहयोग गरिएको कार्यक्रम संयोजक जुना धितालले जानकारी दिईन् । कक्षा १ देखि कक्षा ७ सम्म अध्ययन हुने बिद्यालयमा ४१ जना विद्यार्थी रहेकोे बिद्यालयको प्रधानाध्यापक शर्मिला खतिवडाले बताइन् ।

कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष सुयस राज पराजुली, पुर्व अध्यक्ष धिरज कार्की, रोटर्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष प्रदिप कुमार राई, हेटौंडा हाइकर्सका अध्यक्ष कमल पुडासैनी लगायतको उपस्थिति रहेकोे थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *