चन्दन मिनी मार्केटद्वारा १२ पुरस्कार वितरण

हेटौंडा/हेटौंडा २ कान्तिराजपथमा रहेको चन्दन मिनी मार्केटमा क्रिसमसको सन्दर्भमा लककी ड्र कार्यक्रम भएको छ । चन्दन मिनी मार्केटको स्कुटर तथा सुनचाँदीको वर्षा कार्यक्रम अन्तर्गत दशैं तिहार देखि क्रिसमसको अघिल्लो दिनसम्म मिनी मार्केटको जुनसुकै पसलबाट सामान खरिद गर्दा चिठ्ठा कुपन दिने गरेको थियो ।

ADVERTISEMENT

कुपनमार्फत क्रिसमसको अवसर पारेर चिट्ठा खुलाइएको हो । पाँचौ पुरस्कार अन्तर्गत ८ जना लाई चाँदीको सिक्का, चौथो पुरस्कार ७ हजार बराबरको सपिङ् भौचर, तेस्रो पुरस्कार दुईजनालाई चाँदीको फ्रेम, दोस्रो पुरस्कार एकग्राम सुनको सिक्का र प्रथम पुरस्कार स्कुटी गरी १२ वटा पुरस्कार रहेको थियो । लक्की ड्र मार्फत कुपन नम्बर ८५२ का सरोज स्कुटी, दोस्रो पुरस्कार एक ग्राम सुनको सिक्का कुपन नम्बर २३०४ का राजेश्वर दाहालले र तेस्रो पुरस्कार चाँदिको फ्रेम जानुकाकुमारी घिमिरे र विमला पण्डितले प्राप्त गरेका छन् ।

चौथो पुरस्कार सात हजार बरावरको सपिङ् भौचर माधव घिमिरेले, पाँचौ पुरस्कार चाँदीको सिक्का ८ जनाले प्राप्त गरेका छन् । यो पुरस्कार प्राप्त गर्नेमा बासुदेव रुपाखेति, इमान लामा, असिम थिङ्, सम्झना बस्नेत, सरिता अधिकारी, साइना खातुन र प्रतापले प्राप्त गरेका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार अग्रवालको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो । यस कार्यक्रमलाई आगामी बर्ष पनि निरन्तरता दिने चन्दन मिनी मार्केटका सञ्चालक मोहन प्रजापतिले बताए । विविध साँस्कृतिक कार्यक्रमका बीच लक्की ड्र सार्वजनिक गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *