विद्यार्थीलाई गजल लेखन प्रशिक्षण

हेटौँडा, गजल विधाको विकास र नयाँ पुस्तामा साहित्यिक रुचि बढाउने उद्देश्यले हेटौँडामा विद्यार्थी केन्द्रित गजल प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ।

ADVERTISEMENT

गजल मञ्च, मकवानपुरको आयोजना तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालय, हेटौँडा–१० को संयोजनमा शनिबार २४१औँ गजल यात्रा तथा विद्यार्थी गजल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।

नवसर्जक केन्द्रित शृङ्खलाअन्तर्गत आयोजित कार्यक्रममा विद्यालयका ५० भन्दा बढी विद्यार्थी सहभागी भएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई गजल लेखनका आधारभूत पक्ष, शिल्प, संरचना, भाव तथा सिर्जनात्मक अभिव्यक्तिबारे प्रशिक्षण दिइएको थियो। गजल मञ्च, मकवानपुरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार केशव समर्पणले प्रशिक्षण सहजीकरण गर्नुभएको थियो।

गजल मञ्च, मकवानपुरका अध्यक्ष सञ्जीत श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा मञ्चका सल्लाहकार पुरुषोत्तम आचार्य, साहित्य सङ्गम मकवानपुरका सल्लाहकार सानु खनाल, जनसांस्कृतिक महासङ्घ मकवानपुरका राजाराम राउत तथा तुलसीमेहर मेमोरियल माध्यमिक विद्यालयका प्राचार्य टीकाप्रसाद सापकोटाको आतिथ्यता रहेको थियो।

कार्यक्रममा मञ्चका उपाध्यक्ष हरि पौड्यालले गजल गायनसहित स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी पुरुषोत्तम आचार्य, सानु खनाल, राम कार्की र बद्री कार्कीलगायतका स्रष्टाहरूले गजल वाचन, गायन तथा मन्तव्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण मञ्चका सचिव कमल नेपालले गर्नुभएको थियो।

विद्यालय तहदेखि नै साहित्यिक संस्कारको विकास गर्ने, विद्यार्थीलाई गजल विधासँग परिचित गराउने र नयाँ पुस्तालाई साहित्यिक सिर्जनामा प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya