स्वाबलम्बन लघुवित्तको वित्तीय साक्षरता सम्पन्न

हेटौंडा, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बस्तीपुरको आयोजनामा वित्तीय साक्षरता तथा अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । शाखा कार्यालय बस्तीपुरका प्रवन्धक राजकुमार बरुवालको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि सुवेदीले आर्थिक मन्दिका कारण देश संकटमा परिरहेको अवस्थामा सदस्यहरुलाई जागरुक बनाईराख्न यस्ता खालका साक्षरता कार्यक्रम आवश्यक भएको बताए । कार्यक्रममा बीमा दावी रकम समेत हस्तारन्तरण गरिएको थियो । मनहरी ७ की कान्छी माया थोक्रा मृत्यू भएपश्चात ९ लाख ५० हजार रुपैयाँ र मनहरी ९ का भगवान अधिकारीको परिवारलाई १ लाख १० हजार रुपैयाँ बीमा दावी वापतको रकम हस्तान्तरण गरिएको स्वाबलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बस्तीपुरका वरिष्ठ सहायक रुपक खतिवडाले जानकारी दिए ।

वित्तीय साक्षरता कार्यक्रममा ६५ जनाले सहभागिता जनाएका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालय नेवारपानीका वरिष्ठ प्रहरी हवल्दार ब्रर्जेस मित्र, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था इलाका कार्यालय बीरगंज पर्साका प्रवन्धक सन्त बहादुर सार्कीको आतिथ्यता रहेको थियो । आर्थिक संकटका कारण देशमा भइरहेको समस्या, यसको अवसर र चुनौतीको विषयमा सहभागिहरुसंग छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *