लायन्स क्लब हेल्प डेस्कको अध्यक्षमा ध्रुवराज ढकाल

हेटौंडा, १ असार/लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कको प्रथम साधारणसभा सम्पन्न भएको छ । बुधबार हेटौंडाको क्वीक २० होटलमा भएको भेलाले ध्रुवराज ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

ADVERTISEMENT

समितिको प्रथम उपाध्यक्षमा राज सापकोटा, द्वितीय उपाध्यक्षमा रामेश्वर ( ईमरान ) दास, सचिवमा हरिहर खतिवडा र कोषाध्यक्षमा अच्युतम पौडेल निर्विरोध चयन भएका छन् । साधारण सभामा लायन्स क्लब एरिया ३२५ B2 का एरिया चिफ किशोर टण्डन, रिजन चियर पर्सन तथा लायन्स कल्ब अफ मकवानपुर हेल्प डेस्क को मातृत्व क्लब लायन्स क्लब अफ मकवानपुर डायमण्डका संस्थापक अध्यक्ष जे.पी यादब, लायन्स क्लब अफ मकवानपुर हेल्प डेस्कका संस्थापक अध्यक्ष प्रविन मैनाली, डिष्ट्रिक्ट डेपुटी चिफ गंगा प्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

क्लबको माध्यमबाट सामाजिक बिकास र समृद्धिको क्षेत्रमा कार्य गर्ने नवनिर्वाचित अध्यक्ष ढकालले बताए । ढकालले क्लबलाई स्थापित गर्नको लागि सबैको सहयोग आवश्यक रहेको समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *