मैत्रीपूर्ण खेलमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी

हेटौंडा/हेटौंडा–४ हुप्राचौरमा आज शुक्रवार भएको मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता ९ विकेटले हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएको छ ।

ADVERTISEMENT

पर्सा जिल्लाको बीरगन्ज महानगरपालिकास्थित नेशनल इन्फोटेक कलेजलाई पराजित गर्दै हेटौंडा स्कूल अफ म्यानेजमेन्ट विजयी भएको हो । ९७ रनको लक्ष्य पाएको हेटौंडा स्कुल अफ म्यानेजमेन्टले १६ दशमलव २ ओभर खेल्दै एक विकेट गुमाएर लक्ष्य हासिल गरेको थियो । म्यानेजमेन्टका लागि बिशेष बिक्रम थापाले ५० रन र बिशाल फुयाँलले २५ रनको योगदान गरेका थिए । म्यानेजमेन्टका तर्फबाट अहमद रोजा, कृष्ण यादव, सन्तोष दास, बिशाल फुँयालले विकेट लिएको मकवानपुर जिल्लाका राष्ट्रिय एमपाएर बिनोद कुमार बानियाँले जानकारी दिए ।

टस जितेर व्याटिङ रोजेको इन्फोटेकले १९ दशमलव ५ ओभरमा १० विकेट गुमाएर ९६ रनको योग तयार पारेको थियो । इन्फोटेकका लागि अबुबकर अन्सारीले २१ रन र सोनु कुशुवाहले १८ रनको योगदान गरे । इन्फोटेकका रन्जित कुँवरले १ विकेट लिएका थिए ।

ADVERTISEMENT

मकवानपुर क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको अध्यक्षता तथा नेशनल इन्फोटेक कलेजका प्रिन्सीपल मनिष सिंह र हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो ।

हेटौंडा स्कूल अफ म्यानेजमेन्टले क्रिकेट प्रशिक्षकमा नेपाली राष्ट्रिय टिमका खेलाडी राम नरेश गिरीलाई नियुक्त गरेर नियमित प्रशिक्षण गराइरहेको छ । हेटौंडाको हुप्रचौरमा दैनिक २ घण्टा प्रशिक्षण गराइरहेको छ । प्रशिक्षणमा १५ देखि २० जना खेलाडी सहभागी नियमितरुपमा सहभागी भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya