मितेरी सहकारीको कारोबारमा फरकपन

हेटौंडा, अरु सहकारी भन्दा इन्द्रसरोवर गाउँपालिका–५ मा रहेको मितेरी बचत तथा ऋण सहकारीमा फरक पन पाइएको छ । प्रत्येक दिन सहकारीमा आउने प्रथम शेयर सदस्यबाट दिप प्रज्वलन गरी सहकारीको कारोबार शुभारम्भ हुने गरेका छ ।

‘सहकारीको १६ औँ साधारणसभापछि प्रथम शेयर सदस्यबाट दिप प्रज्वलन गरी सहकारीको शुभारम्भ गर्दै आइरहेका छौँ ।’ सहकारीका अध्यक्ष धनराज महर्जनले भने –‘सहकारीमा पहिला पुगे संस्थाको सामाजिक सञ्जालबाट प्रचार प्रसार पनि हुने र संस्थामा को को शेयर सदस्य आउनु भयो भन्ने कुरा जानकारी पनि हुने भएकोले यो अवधारणा अघि सारेका
हौँ ।’

दैनिक जसो २० देखि ३० जना शेयर सदस्य कारोबारको लागि कार्यालय आउने गरेको उनले बताए । ‘सहकारीले अनलाइन बैकिङ प्रणाली पनि सञ्चालन गरेको छ ।’ उनले भने –‘ गत भदौ ७ गते १७ आँै स्थापना दिवसका दिन मोवाइल बैकिङको लागि मितेरी बैकिङ एप्लिकेशन, क्यूआर कोड सञ्चालन गरेका छौँ ।’

मितेर बैकिङ एप्लिकेशन सञ्चालन भएपश्चात सहकारीमा बचत गर्न, बचत फिर्ता गर्न पासबुक पनि आवश्यक नपर्ने भएकोले सहकारीमा आउने महानुभावहरुको भौतिक उपस्थिती कम भएको उनले बताए ।

१ हजार ६ सय ६६ जना शेयर सदस्य आवद्ध रहेको सहकारीको चालु आर्थिक वर्षको मंसिर मसान्त सम्म शेयर पुँजी १ करोड ५६ लाख ३१ हजार ३ सय रुपैयाँ रहेको व्यवस्थापक सरोज थापा मगरले जानकारी दिए । सहकारीको जगेडा कोष १ करोड १७ लाख ६० हजार ५ सय ३१ रुपैयाँ रहेको छ भने सहकारीको तरलता २६ दशमलव ५३ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button