सिद्धार्थ माविमा सचेतनामूलक कार्यक्रम

हेटौंडा/हेटौंडा २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । मकवानपुर रिकभरिङ्ग समूहको आयोजनामा सिद्धार्थ माविमा लागूऔषध दुव्र्यसन तथा एचआईभी एड्स विरुचको सचेतनामूलक कार्यक्रम भएको थियो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा रिकभरिङ्ग नेपाल तथा राष्ट्रिय टिबी नेटवर्क नेपालको समन्वय रहेको थियो । कार्यक्रममा करिव १२० जना विद्यार्थीको सहभागिता रहेको थियो । मकवानपुर रिकभरिङ्ग समूहका प्रबन्ध निर्देशक सन्दिप शाक्यले कार्यक्रम सहजीकरण गरेका थिए । मकवानपुर रिकभरिङ्ग समूहका उद्धव केसीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका २ नम्वर वडा कार्यालयका अध्यक्ष विष्णुगोपाल महर्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा सिद्धार्थ माध्यमिक बिद्यालयका प्रधानाध्यापक मोहन प्रसाद शर्मालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सिद्धार्थ मावि, ज्ञानोदय इंग्लिस विद्यालय र बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । मकवानपुरमा रहेका सामूदायिक विद्यालयमा पुगी मकवानपुर रिकभरिङ्ग समूहले विगत केही वर्ष देखिबाट नै सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *