२२ औं निजामती सेवा दिवस हेटौंडामा सम्पन्न

हेटौंडा, ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नारासहित २२ औं निजामती सेवा दिवस २०८२ हेटौंडामा पनि मनाइएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको आयोजनामा आइतबार विभिन्न कार्यक्रमसहित दिवस मनाइएको हो ।

ADVERTISEMENT

दिवसको अवसरमा बिहान प्रभातफेरी निकालिएको थियो । हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राङ्गणबाट सुरु भएको प्रभातफेरी सिमाचोक, बुद्धचोक, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको प्राङ्गणमा पुगेर समापन गरिएको हो ।

समापन कार्यक्रममा प्रदेशका प्रमुख सचिव भुपाल बरालले निजामती सेवा दिवसलाई केवल औपचारिकतामा सीमित राख्न नहुनेमा जोड दिनुभयो । उहाँले वर्षका बाँकी ३६४ दिन जनताको सेवामा समर्पित हुनुपर्ने र कार्यशैलीलाई प्रभावकारी बनाएर दिवसको सार्थकता पुष्टि गर्नुपर्ने बताउनुभयो । साथै, निजामती कर्मचारीप्रति रहेको नकारात्मक धारणा पारदर्शी र नतिजामुखी कार्यसम्पादनमार्फत् सुधार गर्नुपर्नेमा उहाँले विशेष जोड दिनुभयो ।

प्रभातफेरी तथा कार्यक्रममा विभिन्न मन्त्रालयका सचिवहरू, बागमती प्रदेश सचिवालयका सचिव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठसहित उल्लेख्य संख्यामा निजामती कर्मचारीहरूको सहभागिता थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *