मकवानपुर, चितवन र धादिङमा भोलि सार्वजनिक विदा

हेटौंडा, चेपाङ समूदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा बागमती प्रदेश सरकारले भोलि भदौ २२ गते ३ जिल्लामा सार्वजनिक विदा दिएको छ ।

ADVERTISEMENT

केही दिनअघि बसेको प्रदेश मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश सरकारले भोलि बागमतीको चितवन, मकवानपुर र धादिङ जिल्लामा सार्वजनिक विदा दिएको आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रवक्ता गंगानारायण श्रेष्ठले बताए ।

बसोबासका आधारमा मकवानपुर, चितवन र धादिङमा चेपाङ समूदायको बाहुल्यता रहेकोले सो जिल्लाहरुमा विदा दिइएको उनले बताए ।

ADVERTISEMENT

यस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले भने आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya