कांग्रेस संसदीय दलको नेतामा लामा विजयी

हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा विजयी भएका छन्।

ADVERTISEMENT

बुधबार हेटौंडामा भएको निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका लामा २१ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले १६ मत मात्रै पाए।

यसअघि दलको नेता बनिसकेका बानियाँ ५ मतान्तरले पराजित भएका हुन्। लामा र बानियाँ दुवै संस्थापन पक्षका हुन्। सर्वसम्मत रुपमा दलको नेता चयन गर्न दुवै सहमत नहुँदा निर्वाचन भएको हो।

ADVERTISEMENT

३७ प्रदेशसभा सदस्य रहेको काङ्ग्रेस बागमती प्रदेशसभाको सबैभन्दा ठूलो दल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *