हेटौंडामा दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते

हेटौंडा, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित पूर्व–पश्चिम राजमार्गको चार्जिङ पोइन्ट नजिकै ब्रेकफेल भई लहरी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

ADVERTISEMENT

भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको UP61AT 0962 नम्बरको लहरी ट्रक अचानक ब्रेकफेल भई सडकको दाहिने किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

दुर्घटनामा भारतको गाजीपुर जिल्ला, पुरैनिया बस्ने ४५ वर्षीय चालक महेन्द्र यादवको ज्यान गएको हो। ट्रकमा च्यापिएका यादवलाई क्रेनको सहायताले उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्। शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गाजीपुरकै २६ वर्षीय सहचालक मनोज यादव घाइते भएका छन्। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *