अवैध अमेरिकी डलरसहित ४ जना पक्राउ

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ बर्षका सोम बहादुर बम्जन, सोही ठाउँका ३३ बर्षका दिवस बम्जन, बाहृबिसे–४ का २८ बर्षका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षका सुक्र तामाङलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनीहरुको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको उनले जानकारी दिए । साथै नेपाली रुपैंया ६,२१०, तीन वटा मोटरसाईकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको उनले बताए ।

उनीहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ(एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *