६ महिनामा २ हजार १ सय मुद्दा दर्ता

हेटौंडा, चालु आर्थिक वर्षको छ महिनामा बागमती प्रदेश प्रहरी कार्यालय मातहतका २३ वटा प्रहरी युनिटमा २ हजार १ सय ५३ वटा मुद्दा दर्ता भएको छ । विभिन्न अपराधमा संलग्न १ हजार ४ सय ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

फैसला कार्यान्वयनतर्फ प्रहरीले ३ सय ८७ जनालाई पक्राउ गरी ४ करोड ८ लाख ६१ हजार रूपैया जरिवाना संकलन गरेको प्रहरीले जनाएको छ । पुस मसान्तसम्ममा प्रहरीले १८ नाल अवैध हातहतियार बरामद गरी ११ जना मानिसलाई पक्राउ गरेको छ ।

लागुऔषध ओसारपसार रोकथामबिरुद्ध विशेष अभियान संचालन गरि विभिन्न लागु औषध ओसारपसारमा संलग्न २५७ जना मानिसलाई पक्राउ गरिएको छ भने लागु औषध गाँजा २ हजार ८८७ केजी, चरेश ९५ केजी, अफिम २ केजी र खैरो हिरोइन १८७ ग्राम बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
हराएका मानिसहरुको खोजि गर्ने उद्देश्यले ‘गो होम’ अभियन संचालन गरी ३३० जना मानिस फेला पारि प्रहरीले सम्बन्धीत आफन्तलाई बुझाएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक तथा घरेलु हिंसा, मानव वेचविखन, यौन दुव्र्यवहार, आत्महत्या लगायत हुनसक्ने आपराधिक घटना न्यूनिकरणका लागि प्रहरीले २ हजार ६ सय वटा भन्दा बढी सचेतनामूलक कार्यक्रम संचालन गरेको कार्यालय जनाएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *