नेपाली कांग्रेस मकवानपुरको सभापतिमा उम्मेदवारी दिने महतको घोषणा

हेटौंडा, नेपाली कांग्रेस मकवानपुरका सचिव भीमसेन महतले जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै सचिव महतले पार्टीभित्रको गुटगत राजनीतिबाट अलग रहेर जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

ADVERTISEMENT

महतले आफू कुनै समूह वा गुटको प्रतिनिधिका रूपमा नभई पार्टी संगठनमा सुधारको आवश्यकता महसुस गरेर सभापतिमा उम्मेदवारी दिन लागेको बताउनुभयो । कांग्रेसभित्र निर्वाचनका क्रममा समूह बन्नु स्वाभाविक भए पनि निर्वाचन सकिएपछि गुटकै आधारमा पार्टी सञ्चालन गर्ने प्रवृत्तिले योग्य, सक्षम र लामो समयदेखि पार्टीमा योगदान दिएका कार्यकर्तालाई अवसरबाट वञ्चित गर्ने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।


पार्टीमा योगदान, क्षमता र योग्यताका आधारमा जिम्मेवारी र अवसर निर्धारण हुनुपर्ने सचिव महतको भनाइ थियो । निर्वाचनमा कुनै समूहको साथ लिएर पदमा पुगेपछि सोही समूहका नेताको निर्देशनअनुसार चल्नुपर्ने अवस्था आउने भन्दै उहाँले आफू त्यस्तो बन्धनमा बस्न नचाहेको स्पष्ट पार्नुभयो ।


सचिव महतले आफ्नो उम्मेदवारी घोषणा गर्न कार्यकर्ताबाट आएको निरन्तर दबाबसमेत महत्वपूर्ण कारण रहेको बताउनुभयो । उहाँले आफू सभापति निर्वाचित भए पार्टीमा स्थायी गुटको अभ्यास नगर्ने समेत स्पष्ट पार्नुभयो । उहाँले आफ्नो उम्मेदवारीलाई आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अघि बढाइएको अभियानका रूपमा नबुझ्न पनि आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya