युवाहरुलाई लक्षित गर्दै बिद्युत जडान तालिम

हेटौंडा– लागुऔषधको कुलतमा परि (रिकभरीङ सेन्टर) सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा बिधुत जडान तालिम सुरु भएको छ ।

ADVERTISEMENT

लागुऔषधको कुलतमा परेर दैनिक जिवन यापनमा समेत असहज अवस्था आएपछि रिकभरीङ सेन्टर पुगेकालाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस भन्नका लागि तालिम सञ्चालन गरीएको हो ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरीङ समुहले सञ्चालन गरेको तालिमको हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।

तालिमको उद्घाटन गर्दै नगर प्रमुख लामाले जिवन आफ्नै लागि जिउने हो अरुको लागि सोचेर मानसिक तनाब नलिन सुझाब दिइन् । आफुले सिकेको सिप आफ्नै लागि भए जस्तै आफुले पाएको जिवन पनि आफ्नै लागि भएको बताइन् । बिभिन्न खालका मानसिक तनाब बोकेर होइन खुल्ला र खुशीका साथ हिड्नु पर्नेमा जोड दिइन् ।

चिन्ता लिएर हिडेपनि सुखः दुखः आफ्नो÷आफ्नो भएको भन्दै तालिममा सिकेका सिपलाई व्यवहारमा उतार्दै अघि बढ्न आग्रह गरीन् । नगर प्रमुख लामाले बिद्युत जडान तालिममा लागेकालाई रोजगारीको व्यवस्था मिलाउनका लागि उपमहानगरपालिका तयार रहेको बताइन् । लागु औषधबाट बिग्रदै गरेको जिवनलाई सुधार केन्द्रका रिकभरीङ समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।

Advertisement 5

सुधार केन्द्रमा रहेका ३६ जना मध्य २० जना सहभागि तिन महिने बिधुत जडान तालिममा सहभागिलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *