थाहानगरमा ब्याडमिन्टन प्रतियोगिता शुरु

हेटौंडा, उत्तरी मकवानपुरको थाहा नगरमा उपमेयर कप व्याडमिन्टन प्रतियोगिताको चौथो संस्करण विहीबारबाट शुरु भएको छ । फरक सोचको आयोजनामा भएको चौथो उपमेयर कप खुल्ला ब्याडमिन्टन प्रतियोगितामा १६ टीमको सहभागीता रहेको छ।

ADVERTISEMENT

फरक सोचका अभियन्ता यादवजंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रहेका गोपालीले नगर स्तरीय ब्याडमिन्टन प्रतियोगितालाई जिल्ला स्तरीय बनाउनुपर्नेमा जोड दिएका थिए । विहीबारबाट शुरु भएको प्रतियोगितामा क्वाटरफाइनल खेलको संस्करण तय भएको फरक सोचका अभियन्ता यादवजंग रायमाझीले जानकारी दिए ।

शुक्रबार क्वाटरफाइनल खेल अन्तर्गत बज्रबाराही बी विरुद्ध थाहा १० बिसिङ्खेल ए, ॐ नमः शिवाय बिरुद्ध माई बाराही स्पोर्ट्स, ईप्रका बी विरुद्ध थाहा नगरपालिका डी र इप्रका ए विरुद्ध थाहा ३ ले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिमा प्रथम, द्वितीय र तृतिय हुनेले क्रमशः नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । थाहा नगरपालिका नगर खेलकुद विकास समितिको प्रायोजक रहेको प्रतियोगिता थाहा नगरपालिका–४ क्याम्पाडाँडामा रहेको ब्याडमिन्टन हलमा सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *