उत्कृष्ट नतिजा ल्याएकोमा सिटी कलेजको खुशीयाली

हेटौँडा, हेटौँडा ५ पिप्लेमा अवस्थित हेटौँडा सिटी कलेजका कानून संकायमा उत्कृष्ट नतिजा हासिल गरेसँगै खुशीयालीमा सोमबार क्याम्पसले र्याली निकालेको छ ।कलेजमा अध्ययनरत विद्यार्थी मधुमित्ता यादवले ३।६६ जिपिए अंक ल्याएर जिल्लामै उत्कृष्ट भएकी छिन् ।

ADVERTISEMENT

कलेजले शतप्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएकोमा सोमबार हेटौँडाबजार परिक्रमा गरी खुसीयाली साटेको छ । कलेजबाट निस्किएको प्रभातफेरी बजारका विभिन्न मुख्यचोकहरुमा पुगेको थियो ।

विस २०७९ देखी कक्षा ११ र १२ मा अंग्रेजी माध्यमबाट कानून संकाय सञ्चालन गरिएको कलेजका प्रशासन प्रमुख सुमन्त सिलवालले बताए । ‘पहिलो वर्षमै हामीले १० जनालाई अध्यापन गराएका थियौँ, जिल्ला उत्कृष्ट हुनुका साथै शतप्रतिशत नतिजा समेत निकाल्न सफल भयौं, प्रमुख सिलवालले भने ।’ एक विद्यार्थीको ए प्लस आएको छ भने दुई विद्यार्थीले ए ग्रेड ल्याएको उनले बताए ।

मकवानपुरमा अंग्रेजी माध्यमबाट अध्यापन गराउने एक मात्र कलेज भएका बताउँदै आगामी दिनहरुमा पनि शतप्रतिशत नतिजा ल्याउने गरि अध्यापन गराउने लक्ष्य रहेको कानून संकायका प्रमुख हेमन्त ढुङ्गेलले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *