बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन्। उनको मुटुमा समस्या, स्वासप्रस्वासमा समस्या देखिएको हो।

ADVERTISEMENT

मुख्यमन्त्री जम्कट्टेलको सचिवालयका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलका अनुसार रामेछापको मन्थलीमा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएका हुन्।

स्वास्थ्यमा समस्या भएपछि उनलाई तत्काल सिन्धुली अस्पताल लगिएको थियो। सिन्धुली अस्पतालका चिकित्सकको परामर्श पछि उनलाई हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइएको स्वकीय सचिव जम्कट्टेलले बताए। मुख्यमन्त्री जम्कट्टेललाई नर्भिक अस्पतालमा राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya