हेटौंडा, नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा पूर्णप्रसाद अर्याल निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा देवी प्रसाद गौतमलाई पराजित गर्दै अध्यक्ष पदमा अर्याल विजयी भएका हुन् ।
अर्यालले ३६ मत पाएका थिए भने गौतमले २१ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा शिवराज पुडासैनी निर्वाचित भएका छन् । उनले ३६ मत प्राप्त गर्दा उपाध्यक्ष पदका उमेद्वार उर्मिला न्यौपानेले २४ मत मात्र पाएकी थिइन् । त्यस्तै सचिव पदमा अजित उप्रेती विजय भएका छन् । अजितले ३१ मत प्राप्त गर्दा बासुदेव बानियाँले २६ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक प्रकाश लामा थोकरले जानकारी दिए ।
१३ सदस्यीय कार्यसमिति रहेको समन्वय समितिको बाँकी रहेको पद भने सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक थोकरले जानकारी दिए । समितिको कोषाध्यक्षमा सन्तोषी बर्तौला, सहकोषाध्यक्षमा गीतादेवी अर्याल, सहसचिवमा सत्रुधन बैठा सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा ध्रुवप्रसाद लामिछाने, राजेश लामा मुक्तान, ससमाज विष्ट, सरिना भट्टराई, सरिता गोपाली र ज्ञानु परियार सर्वसम्मत चयन भएका हुन् ।