पाठेघर मुखको क्यान्सर सम्बन्धि परिक्षण कार्यक्रम हुने

हेटौंडा, लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डले आगामी असोज ५ गते पाठेघर मुखको क्यान्सर सम्बन्धि परिक्षण कार्यक्रम गर्ने भएको छ । लायन्स क्लव अब अफ हेटौंडा पाथिभराको आयोजना तथा नेपाल परिवार नियोजन संघसँग सहकार्य गरी कार्यक्रम हुन लागेको हो ।

ADVERTISEMENT

‘महिलाहरुमात्रै आवद्ध भएको पाथिभरा गोल्डले महिलालाई जागरुक बनाउने उद्देश्यले हरेक महिना विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ कार्यक्रम संयोजक मुना पौडेलले भनिन्–‘असोज महिनामा पाठेघर मुखको क्यान्सर सम्बन्धि निःशुल्क परिक्षण कार्यक्रम गर्न लागेका हौँ । सामान्य खालका औषधी नेपाल परिवार नियोजन संघले प्रदान गर्ने छ।’ गत भदौँ महिनामा पाथिभरा गोल्डले हाम्रो घर संस्थालाई सेनेटरी प्याडसहित शैक्षिक सामग्री सहयोग गरेको उनले बताए ।

‘लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डमा आवद्ध हुनुभएका सदस्यले नै छरछिमेकमा कार्यक्रमको बारेमा प्रचार प्रसार गरिरहनु भएको छ ।’ एरिया सेक्रेटरी माधवि बोसले भनिन्–‘कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहने अपेक्षा लिएका छौँ ।’ अहिले डेङ्गु रोगको संक्रमित बढेकोले गर्दा कार्यक्रममा महिलाहरुको कम सहभागिता हुनेमा उनी चिन्ता व्यक्त गर्छिन् ।

गाउँमा भन्दा शहरमा उक्त रोगका महिलाहरु बढि पीडित हुने भएकोले गर्दा कार्यक्रम आयोजना गर्न लागेको लायन्स क्लव अफ हेटौंडा पाथिभरा गोल्डका अध्यक्ष मल्लिका श्रेष्ठले जानकारी दिइन् ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *