मकवानपुरमा ईभी दुर्घटना, ५ जना घाइते

हेटौँडा, मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातमाटेस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा ईभी गाडी दुर्घटना हुँदा पाँच जना यात्रु घाइते भएका छन् । शुक्रबार दिउँसो हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर तल खसेको मकवानपुर प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जना सवारमध्ये ५ जना घाइते भएका छन् ।

ADVERTISEMENT

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।घटनापछि प्रहरी टोली घटनास्थलमा खटिएको थियो। गम्भीर घाइतेलाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ पठाइएको र गाडी चालक पर्साको परमानीपुर गाउँपालिका वडा नम्बर २ निवासी राजाराम साह प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ३ का ३५वर्षीय चन्द्र सन्जु गौर, भारतको विहारका ३९ वर्षीय रिसाहद कुमार र भारत विहारकै ३५ वर्षीय उमा शंकर कुमारको अवस्था गम्भीर रहेको छ ।

यस्तै भारतको विहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ । उनीहरूलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya