हेटौंडा, हेटौंडा- ९ मा रहेको श्रीकृष्ण आदर्श इंग्लिस बोर्डिङ स्कूलले शनिबार विद्यालयको प्रा·णमा खाना महोत्सव तथा विज्ञान प्रदर्शनीको आयोजना गरेको छ ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरुको सिकाई अभिवृद्धि गर्ने उद्देश्यले खाना महोत्सव र विज्ञान प्रदर्शनी आयोजना गरेको विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भट्टराईले बताए । विद्यार्थीले बनाएका खानाका विभिन्न परिकारको ८ वटा स्टल राखेका थिए । विद्यार्थीले बनाएका परिकारहरु विद्यालयका शिक्षक, विद्यार्थी लगायत अन्य उपस्थित व्यक्तिहरुले खरिद गरेका थिए । यसैगरी कक्षा ९ का अमन रेग्मी र अमित कुसवाह तथा कक्षा ६ का अमन यादवले ‘फ्यूचर होम’ नाम दिइ प्रदर्शनमा राखेका थिए ।
विभिन्न यन्त्र जडान गरी विद्यार्थीहरुले हरित नगर, प्रदुषित शहरको बारेमा प्रस्तुत गरेका थिए । विद्यार्थीहरुको वैज्ञानिक सोचाई, अध्ययन र अनुसन्धान गर्ने वानीको विकास हुने, नेतृत्वका विकासलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरेको भट्टराईले बताए ।