एमालेमा प्रवेश गरेका राउतलाई कमल थापाले गरे स्वागत

हेटौंडा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरका सदस्य शंकर राउत नेकपा एमाले प्रवेश गरेका छन् ।
एमाले मकवानपुरको पार्टी कार्यालय हेटौँडामा भएको जनवर्गीय संगठनसँग उम्मेद्वारहरुको अन्तरक्रिया कार्यक्रममा राउत एमाले प्रवेश गरेका हुन् । वाईसियल नेपाल मकवानपुरको पूर्व जिल्ला उपाध्यक्षसमेत रहेका राउत विभिन्न सामजिक संघसस्थामा समेत आवद्ध छन् ।

ADVERTISEMENT

राउतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापासहित एमालेबाट आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभामा उम्मेदवारी दिएका नेताहरुले स्वागत गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै कमल थापाले राष्ट्रवादी शक्ति कमजोर भइरहेको अवस्थामा राष्ट्रको हितका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले एमाले नेता रामेश्वर राना अन्यन्तै जिम्मेवार र इमान्दार नेता भएकोले उहाँलाई अन्याय हुन नहुने भन्दै रानालाई अझै जिम्मेवार ठाउँमा लगिने विषयमा एमाले नेतृत्वले सोचेको बताए ।

उनले आफु एमालेकै आग्रहमा प्रतिनिधि सभा क्षेत्र नम्वर १ बाट उम्मेदवार भएको बताउँदै सुर्य चिन्हबाट उम्मेदवार बनेका सबैलाई चुनाव जिताउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya