कैलाशमा आमा सुरक्षाका लागि वोइटिङ कक्ष सञ्चालन

कैलाश, मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर(वोइटिङ कक्ष) सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारको विषय रहेकाले पनि घरको निर्माण गरिएको बताए । गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधा सहित घर निर्माण गरिएको उनले बताए ।

ADVERTISEMENT

वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघि देखी स्वास्थ्य सुरक्षाको लागि वोइटिङ कक्षमा आउन आग्रह गरे । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता बढी रहेको वडामा विस्तारै स्वास्थ्य चेतना वृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले बताए । गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामै सुत्केरी गराउँन सके आमा र बच्चाको स्वास्थ्य अवस्था जाँच गरि थाहा पाउन सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउँन उनले अनुरोध समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माण सहज बन्ने छ, उनले भने ।

वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानको लागि आवश्यक सामाग्री उक्त घरमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya