बाँझो जमिनमा खेती गर्न अनुदान कार्यक्रम

हेटौंडा, बागमती प्रदेशमा जमिन बाँझो राखेका जग्गा धनीलाई जमिनमा खेती गरेबापत प्रोत्साहन दिइने भएको छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार खेतीयोग्य बाँझो जमिनमा खेती गर्न प्रोत्साहनका लागि अनुदान कार्यक्रम ल्याइएको हो ।

ADVERTISEMENT

प्रदेश सरकारले बाँझो जमिनमा खेती प्रोत्साहन गर्ने करार कार्यविधि पनि स्वीकृत गर्दै कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ । मन्त्रालयले १५ चैतभित्र बाँझो जमिन करारमा दिन ईच्छुक व्यक्ति र सो जमिनमा खेती गर्न चाहने किसानलाई सूचीकृत हुन सूचना निकालेको छ । सम्झौता भएपछि बाँझो जमिन करारमा दिन चाहने किसानलाई मन्त्रालयले प्रतिरोपनी वार्षिक २ हजार रुपैयाँ उपलब्ध गराउने छ । करारमा जग्गा दिन चाहनेले कम्तीमा २ रोपनी बाँझो जमिन कम्तीमा ५ वर्षका लागि उपलब्ध गराउनु पर्नेछ भने करारमा लिन चाहनेले पनि कम्तीमा २ रोपनी बाँझो जमिन कम्तीमा ५ वर्षका लागि लिनुपर्नेछ ।

मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार बागमती प्रदेशमा ३८ हजार ६ सय ३५ हेक्टर खेतीयोग्य जमिन बाँझो छ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya