थाहामा सिलाइ कटाई तालिम सुरु

हेटौंडा, थाहा नगरपालिका ३ मा महिलाहरुका लागि ३ सय ९० घन्टे सिलाइ कटाइ प्रशिक्षण सुरु भएको छ । उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय बागमती प्रदेशको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको व्यवस्थापनमा प्रशिक्षण सुरु भएको हो ।

ADVERTISEMENT

आवासीयसहितको प्रशिक्षणमा विभिन्न स्थानका १६ जना महिलाहरु सहभागी छन् । प्रशिक्षण आरति श्रेष्ठले दिने छिन् । १५ चैत्रमा उद्घाटन गर्दै थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले तालिमले स्वरोजगार बनाउन सहयोग हुने हुँदा प्रशिक्षार्थीहरुले नियमित रुपले इमान्दारिताका साथ प्रशिक्षण लिन आग्रह गरे ।

उद्घाटन कार्यक्रममा प्रशिक्षण आयोजक मन्त्रालयका सचिव एवम् सभाध्यक्ष राजेन्द्र कुमार केसीले महिलाहरुलाई सीपयुक्त नागरिक बनाउने उद्देश्य अनुरुप यो तालिमको आयोजना गरिएको बताए । कार्यक्रममा महासंघका कोषाध्यक्ष कविराज खत्री, थाहा नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाललगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya